शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

केपी ओली नेतृत्वको सरकार ५ बर्ष रहन्छ – अर्थमन्त्री पौडेल

केपी ओली नेतृत्वको सरकार ५ बर्ष रहन्छ – अर्थमन्त्री पौडेल

मङ्सिर १० काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले केपी ओली नेतृत्वको सरकारले नै ५ वर्ष सरकार सञ्चालन गर्ने बताएका छन्।  

रुपन्देहीको सैनामैनामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यहि सरकारले ५ बर्षसम्म काम गर्ने बताएका हुन्। 

बर्तमान सरकारले जनादेशअनुसार कार्य गरिरहेको र आगामी दिनहरुमा पनि जनभावनाअनुसारका काममा केन्द्रित हुने भनाइ पौडेलले राखे।

पौडेलले पार्टीमा विवाद सृजना भएपनि समाधानका लागि प्रयास गरिरहेको र विवाद समाधान हुने विश्वास व्यक्त गरे। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend