
मङ्सिर १० काठमाडौं – ड्युटीमा गएका इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका प्रमुख डिएसपी भरतबहादुर चौधरी युवतीसहित होटेलमा भेटिएका छन्। मंगलबार राति कार्यालयबाट निस्केका चौधरी बुधबार बिहान युवतीसंगै होटेलमा भेटिएका हुन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलबारीमा युवतीसंग बसेको अवस्थामा फेला परेका हुन्। तर उनले आफुँ सम्पर्कविहिन नभएको र नेटवर्कको समस्याका कारण समपर्क हुन नसकेको बताएका छन्।
चौधरीलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ। उनीमाथि अनुसन्धान भैरहेको कैलाली प्रहरीले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend