बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

पश्चिमी वायुको प्रभाव: बर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव: बर्षा र हिमपातको सम्भावना

मङ्सिर १० काठमाडौं –  देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव देख्एिको छ । सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र लुम्बिनी, बागमती र प्रदेश १ को पहाडी भु भागमा आंशिक बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ । आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ । 

देशको पहाडी भूभागको केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हल्का वर्षासँगै देशका धेरै स्थानहरुमा वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भूभागमा विहानीपख पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने सम्भावना रहेकाले सतर्कना अपनाउन महाशाखाले आग्रह गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend