
मङ्सिर ११ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र माथि उठाउन निजी क्षेत्रले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको साधारणको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले नीति निर्माण र व्यवहारिक समस्या समाधान गर्न साथ दिने प्रतिवद्धता जनाए। निजी क्षेत्रले अवसर र मौका पाए राम्रो काम गर्ने गरेको ओलीले उल्लेख गरे।
सरकारका लागि व्यवसायी आफ्नो पक्ष र अर्काको पक्षमा भन्ने नभएको भन्दै उनीहरू राष्ट्रका साझा सम्पत्ति भएको ओलीले स्पस्ट पारे।
प्रधानमन्त्री ओलीले कोभिडले अर्थतन्त्रमा पारेको असरलाई पराजित गरेर माथि उठाउन निजी क्षेत्रलाई साथ दिन अनुरोध गरे।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend