सोमबार, असार ९ २०८२

सोमबार, असार ९ २०८२

विदेशसचिवस्तरीय वार्ता सकियो, श्रृङ्गलाले आजै प्रधानमन्त्री र राष्ट्रपतिलाई भेट्ने

विदेशसचिवस्तरीय वार्ता सकियो, श्रृङ्गलाले आजै प्रधानमन्त्री र राष्ट्रपतिलाई भेट्ने

मङ्सिर ११ काठमाडौं – नेपाल भारतबीच परराष्ट्र सचिवस्तरीय बैठक काठमाडौंमा सम्पन्न भएको छ। 

बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा ११ सदस्यीय टोली सहभागी थियो भने भारतका तर्फबाट परराष्ट्र सचिव हर्ष वर्दन श्रृङ्गला नेतृत्वमा भारतीय विदेश मन्त्रालयका उत्तर विभागका सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायतको उपस्थिति थियो। 

छलफलमा दुई देशबीचको आपसी हितको विषयमा कुराकानी भएको बताइएको छ। 

बैठक सकिएलगत्तै परराष्ट्र सचिव श्रृङ्गलाले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाइ र त्यसपछि प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट