
मङ्सिर ११ काठमाडौं – थप एक हजार ६ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २७ हजार नाघेको छ।
बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय १४ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्। साथै १ हजार ४ सय ३७ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend