शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

मोदीलाई ओलीको सन्देश: सीमा विवाद वार्ताबाट हल गरौँ

मोदीलाई ओलीको सन्देश: सीमा विवाद वार्ताबाट हल गरौँ

मङ्सिर १२ काठमाडौं – प्रधानमन्त्री केपी ओलीले वार्ताबाटै सीमा विवाद गर्नुपर्ने सन्देश भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएका छन्। 

भारतीय विदेश सचिव हर्षवर्दन शृंगला मार्फत प्रधानमन्त्री ओलीले सीमा विवाद समाधान गरेर अगाडी बढ्नुपर्ने भन्दै वार्तामार्फत नै समाधान गर्नुपर्ने सन्देश पठाएका हुन्।  

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले ओली र विदेश सचिव शृंगलाबीच बिहीबार भएको भेटवार्तामा नेपाल भारत सीमा वार्ताबाट समाधान गर्नुपर्ने र दुइ देशको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने विषयमा छलफल भएको जानकारी दिएका हुन्। 

दुई दिने नेपाल भ्रमणमा रहेका शृंगला आज भारत फर्किंदैछन्।  

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend