
मङ्सिर १३ काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्य्क्ष तथा सचिवालय सदस्य वामदेव गौतमले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीबाट देश र पार्टी दुवै नचलेकोले दुवै पद छोड्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री ओलीका विश्वास पात्र ईश्वर पोखरेलसंगको कुराकानीका क्रममा गौतमले यस्तो बताएका हुन्।
ओलीलाई साथ दिन आग्रह गर्दै गौतम निवास भैँसेपाटी पुगेका उपप्रधानमन्त्री पोखरेललाई ओलीले पार्टी विधान अनुसार नचलेको र एकलौटी निर्णय गरेर पार्टीलाई नै कमजोर बनाएकोले आफुहरु ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन चाहेको बताएका हुन्।
पोखरेलसंग गौतमले बारम्बार साथ् दिंदा पनि ओलीबाट आफुहरु सधैं अपमानित भएकोले यो पटक ओलीलाई साथ् दिन नसक्ने बताएको श्रोतले बतायो।
चर्को विवादका बीच नेकपा सचिवालय बैठक आज बस्दै छ। आजको बैठकमा ओलीले प्रचण्डको जवाफी प्रस्ताव पेस गर्ने तयारी छ। अध्यक्ष पुष्पकमल दाहालले दर्जन बढी आरोप लगाउँदै सचिवालयमा राजनीतिक प्रस्ताव पेस गरेपछि ओलीले जवाफी प्रस्ताव तयार पारेका हुन् । मङ्सिर ३ गतेको सचिवालय बैठकमा प्रचण्डले आफ्नो राजनीतिक जीवननै समाप्त गर्ने गरि आरोप लगाएको भन्दै जवाफी प्रस्तावको लागि ओलीले १० दिनको समय मागेका थिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend