
मङ्सिर १३ काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्माले नेतृत्वलाई आफ हारेर भएपनि पार्टीलाई बचाउन आग्रह गरेका छन्। आफु हारेर पनि पार्टीलाई बचाए मात्र असल नेता हुने उनको धारणा छ।
शनिवार ट्वीट गर्दै शर्माले यस्तो धारणा राखेका हुन्। आफुलाई नेता हुँ भन्नेले सर्वप्रथम आफै भित्रको इमान नापेर हेर्न र संस्थागत मूल्य बोध गर्न उनको आग्रह छ।
ट्वीटरमा उनले लेखेका छन्, ‘आफुलाई नेता हुँ भन्नेले सर्वप्रथम आफै भित्रको इमान नापेर हेर।संस्थागत मूल्य बोध गर।सिद्धान्त बिधि पद्धतिलाई व्यवहारमा लागु गरेर प्रमाणित गर। अनि आफु हारेर पार्टीलाई बचाएर भन म नेता हुँ।त्यसो भए बिधिले जित्ने छ।यसपटक बिधिले जित्यो भने राष्ट्र,वर्ग र जनताको जीत हुनेछ।अन्यथा …”
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend