
मङ्सिर १३ काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकता रक्षा गर्नका लागि पार्टीका दुवै अध्यक्षको प्रतिवेदनलाई स्थगित गरि एकीकृत साझा प्रतिवेदन बनाउनुपर्ने धारणा राखेका छन्।
सामाजिक संजाल फेसबुकमा लेख्दै पोखरेलले सचिवालय बैठकमा एकल प्रतिवेदनको सट्टा एकीकृत प्रतिवेदन बनाई छलफल गर्नुपर्ने धारणा राखेका हुन्।
फेसबुकमा उनले लेखेका छन्, ‘म फेरी पनि भन्छु पार्टी एकताको रक्षाका लागि दुबै प्रतिवेदनलाई स्थगितगरी एकिकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको वैठक अग्रसर होस्।’
चर्को विवादका बीच नेकपा सचिवालय बैठक आज बस्दै छ। आजको बैठकमा ओलीले प्रचण्डको जवाफी प्रस्ताव पेस गर्ने तयारी छ। अध्यक्ष पुष्पकमल दाहालले दर्जन बढी आरोप लगाउँदै सचिवालयमा राजनीतिक प्रस्ताव पेस गरेपछि ओलीले जवाफी प्रस्ताव तयार पारेका हुन् ।
मङ्सिर ३ गतेको सचिवालय बैठकमा प्रचण्डले आफ्नो राजनीतिक जीवननै समाप्त गर्ने गरि आरोप लगाएको भन्दै जवाफी प्रस्तावको लागि ओलीले १० दिनको समय मागेका थिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend