
मङ्सिर १४ काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनको मुल्यमा ६०० रुपैयाँको गिरावट आएको हो।
शुक्रबार ९१३०० रुपैयाँमा कारोबार भैरहेको सुन आज ९०७०० मा कारोबार भएको महासंघले जनाएको छ।
त्यस्तै चांदीको मुल्यमा पनि सामान्य गिरावट आएको छ। शुक्रबार प्रतितोला ११६५ रुपैयाँ रहेको चांदी १५ रुपैयाँले घटेर ११५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend