मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

अनुयायीलाई यौन दुर्व्यवहार गर्ने ‘सिद्धबाबा’लाई थुनामा राख्न सर्वोच्चको आदेश

अनुयायीलाई यौन दुर्व्यवहार गर्ने ‘सिद्धबाबा’लाई थुनामा राख्न सर्वोच्चको आदेश

मङ्सिर १४ काठमाडौं – आफ्नै अनुयायीलाई यौन दुर्व्यवहार गर्ने  ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीलाई थुनामा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न स्वीकृति दिएको हो। 

यसअघि सुनसरी जिल्ला अदालतले गिरीलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।  सो आदेशलाई उच्च अदालत विराटनगरले उल्ट्याउँदै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको हो। 

सुनसरीको चतराधामस्थित आश्रममा महिला अनुयायीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा गत कात्तिक ४ गते गिरीमाथि किटानी जाहेरी परेको थियो।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend