मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

पुर्वमन्त्री मिन बिश्वकर्मा कोरोना जितेर ३६ दिनपछि डिस्चार्ज

पुर्वमन्त्री मिन बिश्वकर्मा कोरोना जितेर ३६ दिनपछि डिस्चार्ज

१४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मा ३६ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कारोना संक्रमणका कारण पछिल्लो समय ग्राण्डी इन्टरनेस्नलमा उपचाररत विश्वकर्मालाई आइतबार अपराहान्न अस्पतालले डिस्चार्ज गरेको हो । कोरोना संक्रमणका कारण ६ दिन अचेत भएका विश्वकर्मालाई सात दिन भेन्टिलेटर र २१ दिन आईसीयूमा राखिएको थियो ।

एक हप्ताअघि विश्वकर्मालाई आईसीयूबाट भेन्टिलेरमा सारिएको चिकित्सकलाई उदृढ गर्दै विश्वकर्माका स्वकीय सचिव टेकबहादुर विकले जानकारी दिए । गत १ कात्तिकमा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकहरुले नेता विश्वकर्मालाई होम आइसोलेसनमा बस्न सुझाएका थिए । त्यतिबेला उनी ज्वरो र खोकी देखिएको टेकबहादुरले बताए । उनले भने, ‘१०३ डिग्रीसम्म ज्वारो आएपछि उहाँलाई वीर अस्पतालको भीआईपी कक्षमा उपचारका लागि लगेका थियौँ ।’ ८ गते वीर अस्पतालमा पुर्‍याएपछि नेता विश्वकर्माको श्वासप्रश्वासमा समस्या देखियो । तर, १२ गतेसम्म पनि उनको स्वास्थ्यमा कुनै सुधार आउन नसकेपछि ग्राण्डी अस्पतालको आइसियुमा पुर्‍याइएको थियो । टेकबहादुरले भने, ‘उहाँको श्वास प्रश्वासमा समस्या देखिएको थियो तर, प्रष्टसँग बोल्न सक्नुहुन्थ्यो ।

’ ‘परीक्षणको क्रममा नेता विश्वकर्माको फोक्सोमा निमोनिया देखियो । जसले गर्दा फोक्सोमा अक्सिजनको कमी भयो र श्वसप्रश्वासमा थप जटिलता देखापर्‍यो । त्यसपछि छ दिनसम्म उनी बेहोस् भए,’ टेकबहादुरले चिकित्सकलाई उदृढ गर्दै भने, ‘बोहोस भएको दुई दिनमा फोक्सोले समेत काम गर्न छाडेपछि भेन्टिलेटरमा राखिएको हो ।’ १८ कात्तिकमा भेन्टिलेटरमै भएको बेला विश्वकर्माको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो भने फोक्सोले काम गर्न थालेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend