logo

२०८१ मंसिर २२ शनिबार

logo
  • शनिबार, २२ मंसिर २०८१
  • त्रिशूलीमा ८ करोडको लागतमा बन्यो नयाँ पुल

    त्रिशूलीमा ८ करोडको लागतमा बन्यो नयाँ पुल

    1.4K
    Shares
    त्रिशूलीमा ८ करोडको लागतमा बन्यो नयाँ पुल

    नुवाकोट । विसंं २०२० मा त्रिशुली तर्न निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि सोही स्थानमा आठ करोड रुपैयाँको लागतमा नयाँ पक्की पुल निर्माण गरिएको हो ।

    विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठका अनुसार भारी सवारी साधन पनि सञ्चालन गर्न मिल्ने उक्त पुल बनेपछि नुवाकोट र धादिङका सर्वसाधारणको आवागमन सहज भएको छ ।

    एघार मिटर चौडा भएको दुई ‘लेन’को पुल निर्माणको लागि सरकारको आठ करोड रुपैयाँ लगानी भएको छ । ‘डिजाइन एण्ड बिल्ड मोडल’ अन्तर्गत ‘बक्स कडर प्रिस्टेस’ प्रविधिमा नयाँ निर्माण भएको पुल सुरक्षित, बलियो र तोकिएभन्दा अधिक भारवहन क्षमता भएको पुल निर्माणकर्ता भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । नवनिर्मित पुलबाट यातायातका साधन सञ्चालन भएका छन् ।

    यसअघिको ट्रस ब्रिज आठ मेट्रिक टन क्षमताको एक लेनको थियो । यो पुलको भारवहन क्षमता ३५ मेट्रिक टन छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend