सोमबार, असार ९ २०८२

सोमबार, असार ९ २०८२

नेकपा फुट्ला र ठुलो भाग खाउँला भन्ने नसोचे हुन्छ- बरिष्ठ नेता खनाल

नेकपा फुट्ला र ठुलो भाग खाउँला भन्ने नसोचे हुन्छ- बरिष्ठ नेता खनाल

मङ्सिर १५ काठमाडौं – पुर्वप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका बरिष्ठ नेता झलनाथ खनालले नेकपा फुट्ला र ठुलो भाग खाउँला भन्नेहरुलाई दिवा सपना नदेख्न सुझाव दिएका छन्।  खनालले केहि तत्वहरु नेकपा फुट्छ भन्ने भ्रममा रहेको भन्दै त्यसो नहुने बताएका हुन्। 

इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा आयोजित अस्पताल शिलान्यास कार्यक्रममा बोल्दै खनालले नेकपा स्पातले बनेको पार्टी भएकाले कसैले नेकपालाई फुटाउन नसक्ने बताए। कुनै पनि नीति र कानुनले नेकपालाई फुटाउन नसक्ने उनको भनाई थियो। 

पार्टीमा समस्या देखिएको तर समस्या देखिंदैमा पार्टी नफुट्ने बरु झन् मजबुत हुने खनालले जिकिर गरे। पार्टीलाई चलाउँदा बिधि र पद्धती पुर्वक कसरी चलाउने, पार्टीलाई कसरी सम्बृद्ध र सुसस्कृत पार्टी बनाउने अभियान पार्टी भित्र चलिरहेको र त्यही शिलशिलामा पार्टीका नेताहरुका बीचमा भिन्नताहरु देखा परेको मात्र भएको खनालले स्पस्ट पारे। 

पार्टीमा देखिएको सामान्य विवादलाई मिडियाले ठुलो जस्तो बनाएको बनाएको आरोप खनालले लगाए। 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend