मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

अब प्रधानमन्त्री ओली पनि जोडीए टिकटकमा , यस्तो छ पहिलो भिडियो

अब प्रधानमन्त्री ओली पनि जोडीए टिकटकमा , यस्तो छ पहिलो भिडियो

सुनौलो नेपाल – प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक अकाउन्ट सञ्चालनमा ल्याएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो। 

‘प्रधानमन्त्री पहिलादेखि नै फेसबुक र ट्विटरमा हुनुहुन्छ’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘उहाँका धारणाहरू लोकप्रिय बनेको टिकटकबाट पनि जनतामा पुर्‍याउन खोजेका हौं।’

टिकटकले प्रधानमन्त्रीको अकाउन्ट भेरिफाइ गरिसकेको छ। प्रधानमन्त्रीको पहिलो भिडिओमा एक लाख भ्युज कटेको छ।

@kpsharmaoli_official

We are working on service integration #digitalnepal

♬ original sound – We support Nepal – KP Sharma Oli

नयाँ पुस्तामाझ टिकटक चर्चित छ। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले छलफल गरेर नै सञ्चालनमा ल्याइएको बताए।

‘अकाउन्ट खोलेका थियौं, टिकटकले हामीलाई प्रधानमन्त्रीको आधिकारिक हो/होइन भनेर सोध्यो’, ती सदस्यले भने, ‘हामीले आधिकारिक अकाउन्ट भएको बताएपछि भेरिफाइड भयो।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend