मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

विदेशी भूमिमा नेपाली सेनाले राख्यो देशको शान, सुडानमा ठुलो जातीय हिंसा हुनबाट जोगायो

विदेशी भूमिमा नेपाली सेनाले राख्यो देशको शान, सुडानमा ठुलो जातीय हिंसा हुनबाट जोगायो

मङ्सिर १५ काठमाडौं – दक्षिण सुडानमा खटिएको नेपाली शान्ति सेनाले हिंसा नियन्त्रण गरेको छ। नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रेस नोट जारी गर्दै नेपाली सेनाले ठूलो जातीय हिंसाबाट जोगाएको जनाएको हो। 

प्रेस नोटमा भनिएको छ, “शान्ति स्थापनार्थ दक्षिण सुडानमा क्युइबेट इलाकामा तैनाथ श्री कालिध्वज गण अन्तर्गतको टेम्पोररि अपरेटिङ बेसबाट मिति २०७७ मंसिर १० गते खटिएको नेपाली शान्ति सैनिकले त्यहाँका स्थानीय वासिन्दाहरुलार्य सम्भावित ठूलो जातीय हिंसाबाट जोगाएका छन् ।”

1.jpg

गणको हेडक्वार्टर तैनाथ रहेको स्थान रमबेकबाट करिब ७० किमि उत्तर पश्चिममा अवस्थित क्युइबेट इलाका नजिकै रहेको क्याटल क्याम्पमा चोरी गर्न आएको भनिएको कंगोर जातिको एक व्यक्तिको झडपमा मृत्यु भएपछि घटनाले जातीय रुप लिएको थियो । कंगोर तथा अइयल जातिका मानिसहरुबीच हिंसाको रुप लिएको थियो । हिंसा भड्किन नदिन सह सेनानी विज्ञान विष्टको नेतृत्वमा एक टोली परिचालन गरिएको थियो ।

2.jpg

उक्त टोलीले त्यहाँ सम्भावित ठूलो जातीय हिंसाबाट समुदायलाई जोगाएको नेपाली सेनाले जनाएको छ । 

feature.jpg

जातीय द्वन्द्वका कारण नरसंहारबाट गुज्रेको उक्त मुलुकमा यस प्रकारका घटनाको पुनरावृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकहरुले पुर्‍याएको योगदानलाई संयुक्त राष्ट्र संघले पनि उच्च प्रशंसा गरेको नेपाली सेनाले प्रेस नोटमा उल्लेख गरिएको छ। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend