
मङ्सिर १६ काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बैठक बस्न लागेको हो।
बैठकमा पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा छलफल हुने कार्यतालिका रहेको बताइएको छ।
गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गर्दै प्रस्ताव पेश गरेका थिए। ओलीले शनिबार जवाफी प्रस्ताव सचिवालयमा पेश गरेका थिए।
अध्यक्ष ओलीसहित उनी पक्षका नेताहरूले कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने बताउँदै आएका छन् भने प्रचण्डसहित नेताहरूले उक्त प्रस्तावमाथि सचिवालयमा छलफल हुनुपर्ने अडान राखेका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend