मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

पार्टी कार्यालयमा बैठक बस्न प्रधानमन्त्रीले देखे सुरक्षा जोखिम, सरकारी निवासमा पार्टी बैठक

पार्टी कार्यालयमा बैठक बस्न प्रधानमन्त्रीले देखे सुरक्षा जोखिम, सरकारी निवासमा पार्टी बैठक

मङ्सिर १६ काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक जारी छ।  गत मङ्सिर १३ गते बसेको सचिवालय बैठकले पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने तय गरेपनि अन्तिम समयमा बैठक सरकारी निवासमा सारिएको हो। 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले पार्टी कार्यालय धुम्बाराहीमा सुरक्षा खतरा रहेको भनेपछि बैठक बालुवाटारमै बसेको हो। । सुरक्षा निकायहरुमार्फत धुम्बाराहीस्थित पार्टी कार्यालय सुरक्षाको जोखिम रहेको सूचना प्राप्त भएकोले बैठक सारिएको बताइएको छ। 

आजको बैठकमा पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा छलफल हुने कार्यतालिका रहेको बताइएको छ। 

गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गर्दै प्रस्ताव पेश गरेका थिए। ओलीले शनिबार जवाफी प्रस्ताव सचिवालयमा पेश गरेका थिए। 

अध्यक्ष ओलीसहित उनी पक्षका नेताहरूले कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने बताउँदै आएका छन् भने प्रचण्डसहित नेताहरूले उक्त प्रस्तावमाथि सचिवालयमा छलफल हुनुपर्ने अडान राखेका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend