
मङ्सिर १६ काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले जुलुस तथा प्रदर्शन नगर्न चेतावनी दिएको छ। एक सुचना जारी गर्दै कार्यालयले कोरोना महामारीलाई झन् भयावह गराउन मद्दत गर्ने भिडभाड तथा प्रदर्शन गरे कारवाही गर्ने चेतावनी दिएको हो।
प्रशासकीय अधिकृत कमल प्रसाद पनेरुद्वारा जारी सुचनामा भनिएको छ , ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनैतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै सभा, जुलु, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सुचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरु संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमको भएको साथै स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० को विपरित हुने भएकाले त्यस्ता भिडभाडजन्य गतिविधिहरु नगर्न नगराउन साथै महामारी रोकथाममा सहयोग पुर्याउनहुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ ।’
यसको बेवास्ता गरेर उल्लंघन गरेमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
संघीय राजधानी काठमाडौंलगायत देशका विभिन्न ठाउँमा राजतन्त्रको पक्षमा दिनहुँजसो प्रदर्शन हुँदै आइरहेका छन्।
Photo- Pankaj Dahal
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend