बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

ओलीको उपस्थितिबिनै बालुवाटारमा सुरु भयो नेकपा सचिवालय बैठक

ओलीको उपस्थितिबिनै बालुवाटारमा सुरु भयो नेकपा सचिवालय बैठक

मङ्सिर १७ काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो। बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने उपस्थित छैनन्। 

अर्को कार्यक्रममा रहेकाले प्रधानमन्त्री ओली उपस्थित हुन नसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ओली बैठकमा उपस्थित हुने नहुने टुंगो छैन। 

मंगलबारको सचिवालय बैठकमा ओलीले उपस्थित नहुने जनाएपछि बैठक बस्ने नबस्ने भन्ने बिषयमा अन्योल भएको थियो।  

मंगलबारको बैठकमा पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्तावमा छलफल गर्ने नगर्ने भन्ने विषयमा विवाद भएपछि बैठक तनावपूर्ण भएको थियो। प्रचण्डको प्रस्ताव अराजनीतिक भएको र कुण्ठा र लाञ्छनाले भरिएको झुटको पुलिन्दा भएकोले यसमा छलफल गर्न नसकिने ओलीको भनाई थियो भने प्रचण्ड पक्षधर सचिवालय सदस्यहरुले भने दुवै प्रस्तावमा छलफल हुनुपर्ने अडान लिएका थिए। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend