मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

भुक्ने कुकुरलाई ढुंगा हान्न थालें भने आफ्नो लक्ष्यमा पुग्न सक्दिनॅ- बाबुराम

भुक्ने कुकुरलाई ढुंगा हान्न थालें भने आफ्नो लक्ष्यमा पुग्न सक्दिनॅ- बाबुराम

मङ्सिर १७ काठमाडौं – पुर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफुँविरुद्ध लाग्नेहरुलाई भुक्ने कुकुरको संज्ञा दिएका छन्।  सामाजिक संजाल ट्वीटरमा लेख्दै भट्टराईले आफूविरुद्ध अनर्गल दुष्प्रचार गर्नेहरूको वास्ता नगरी आफ्नो लक्ष्यमा अगाडी बढिरहेको उल्लेख गरेका हुन्। 

उनले जानेर नजानेर वा उक्साहटमा विरोध गर्नेहरुको वास्ता नगर्ने बताएका छन्। 

उनले लेखेका छन्, “जानेर/नजानेर/उक्साहटमा मेरा विरूद्ध अनर्गल दुष्प्रचार गर्नेहरूलाई विन्सटन चर्चिलको शब्द सापटी लिएर म भन्छु-मानवजातिको उन्नयनको निर्दिष्ट लक्ष्यमा पुग्न हिंडेको म यौटा यात्री प्रत्येक भुक्ने कुकुरलाई ढुंगा हान्न थालें भने आफ्नो लक्ष्यमा पुग्न सक्दिनॅ।ती भुक्ने कुकुरहरूको भलो होस्!”

baburam bhattarai.PNG

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend