
मङ्सिर १८ काठमाडौं – प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र साकार कहिले हुने हो भन्ने चिन्ता रहेको बताएका छन्। व्यास नगरपालिकाले निर्माण गरेको पूल उदघाटन गर्न गृह जिल्ला तनहुँ पुगेका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रहरी आफुलाई दुर्व्यवहार गरेको र डण्डा प्रहार गरेको भन्दै आफुलाई पिडा भएको सामाजिक संजालमा बताएका छन्। “पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ ।’, नेता पौडेलले सामाजिक संजालमार्फत उल्लेख गरेका छन्।
उनले लेखेका छन् , “सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन । असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ ।”
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend