
मङ्सिर १८ काठमाडौं – कैलालीको गोदावरीमा जन्ती बोकेको गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा परि दुलाहा दुलहीसहित १३ जना घाइते भएका छन्।
बैतडीको दोगडा केदारबाट दुलही ल्याएर कञ्चनपुरको बेलौरी फर्कँदै गरेको सु.प.प्र ०१००१ ज १२५४ नम्बरको गाडी गए राती दुर्घटना भएको कैलाली प्रहरीले जानकारी दिएको छ।
घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते ३ जनाको माया मेट्रो अस्पताल धनगढी र १० जनाको अत्तरियाको पदमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend