
मङ्सिर १८ काठमाडौं – नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्तत: बुल्दीखोलाको पुल उद्घाटन गरेका छन् । बुधबार नेकपा कार्यकर्ताको विरोधपछि तनाव उत्पन्न हुँदा स्थगित भएको पुल उद्घाटन पौडेलले आज गरेका हुन्।
ठुलो संख्यामा कार्यकर्ताका साथ् कार्यक्रमस्थल पुगेका पौडेलले आज विनाअवरोध पुल उद्घाटन गरेका हुन्।
तनाबको स्थिति आउने भन्दै बुधबार जिल्ला प्रशासन कार्यालय तनहुँले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर अटेर गर्दै पौडेल पुल उद्घाटन गर्न गएपछि प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले पौडेललाई केहि समय पछि रिहा गरेको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend