
मङ्सिर १९ काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंगका सीमा विवाद वार्ताबाट समाधान हुने बताएका छन्।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा मन्त्री ज्ञवालीले भारतसंग वार्ताको सुरुवात भैसकेको र वार्ताबाटै सीमा विवाद समाधानमा सरकार अगाडी बढेको बताएका हुन्।
उनले आगामी दिनमा हुने विभिन्न चरणका बैठकमा व्यापार, वाणिज्य, जलस्रोतका साथै सीमा विवादमा पनि स्पष्ट छलफल हुने बाटो खुलेको र त्यसलाई भारतीय सरकारले पनि स्वीकार गरेको बताए ।
नेपाल-भारतबीच नक्सा प्रकाशनपछि बन्द भएको संवादहीनता अन्त्य भएको भन्दै उनले भने सीमा समस्यालाई औपचारिक रूपमा दुवै देशले स्वीकार गरेको र नेपालले औपचारिक रूपमा सीमा समस्यालाई एजेन्डाका रूपमा राखेको स्पस्ट पारे।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend