मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

नेकपा सचिवालय बैठक आज, उपस्थित होलान त ओली ?

नेकपा सचिवालय बैठक आज, उपस्थित होलान त ओली ?

मङ्सिर २० काठमाडौं – पार्टीमा देखिएको चर्को विवादका बीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दै छ।  दिउँसो १ बजे बैठक बस्ने बैठक पार्टी विवाद समाधानमै केन्द्रित हुनेछ। 

तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भने बैठकमा उपस्थित हुने नहुने टुंगो छैन। प्रधानमन्त्रीका प्रेस सलाहकार सुर्य थापाले ओली उपस्थित नरहेको र कुर्ची खाली रहेको सचिवालय बैठकको तस्बिर सामाजिक संजालमा पोष्ट गरेका छन्।  यसले प्रधानमन्त्री ओली आजको बैठकमा पनि सहभागी नहुने हुन् कि भन्ने शंका उब्जिएको छ।  यसअघिको बैठकमा ओली बैठकमा सहभागी भएका थिएनन। 

अर्कापट्टी ओली उपस्थित नभएपनि अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षधर सचिवालय सदस्यहरु भने बहुमतबाटै निर्णय लिने अडानका साथ बैठक चलाउने तयारीमा छन्। यसले नेकपा विवाद झन् चर्किने देखिएको छ। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend