
मङ्सिर २१ काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अध्यक्ष र प्रधानमन्त्री कुनै पनि पद नछोड्ने अडान लिइरहँदा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपक्ष भने ओलीलाई बहुमत प्रयोग गरेर भएपनि पेलेरै जाने रणनीतिका साथ् तयारी गरेको छ।
हिजो (शनिबार) बसेको सचिवालय बैठकमा ओलीले दुवै पद नछोड्ने बताएपछि बहुमतबाटै भएपनि ओलीलाई हटाउने तयारी प्रचण्ड – नेपाल पक्षले गरेको हो।
सचिवालयका बहुमत सदस्यहरुको पहलमा शनिबार बसेको सचिवालय बैठक र त्यही बैठकका बहुमत सदस्यहरुबाट व्यक्त रायका आधारमा आइतबारका लागि स्थायी कमिटी बैठक तोकेर नेकपा बहुमत, अल्पमतको अंकगणितमा प्रवेश गरेको हो । योसँगै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली थप अप्ठ्यारोमा परेका छन् ।
सचिवालय बैठकमा स्थायी कमिटि बैठक केहि दिन पर सार्न भन्दै ओलीले गरेको आग्रह लत्याउँदै आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।
धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्ने आजको बैठकमा स्थायी कमिटि सदस्यहरुलाई दुवै अध्यक्षका प्रस्तावहरु उपलब्ध गराइने र प्रस्तावहरुमा छलफल हुनेछ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend