
मङ्सिर २१ काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा पार्टी उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापालाई प्रधानमन्त्रीको प्रेस सल्ल्हाकारबाट हटाउनु पर्ने प्रस्ताव गरेपछि थापाले प्रतिक्रिया जनाएका छन्।
बामदेवको उक्त प्रस्तावपछि थापाले सामाजिक सञ्जाल फेसबुकमा बामदेबको ५ बर्षको अघिको तस्बिर पोष्ट गरेका छन् जसमा बामदेवले जेब्रा क्रसबाट नभई जथाभावी सडकबाट बाटो काटेका छन्।
गौतम गृहमन्त्री हुदा राजधानीको सडकमा ०७१ जेठ १ गते एक कार्यक्रममा जादै गर्दा जेब्रा क्रस नगरेर बाटो काट्दा उनको खुबै आलोचना भएको थियो । उक्त समय लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गौतमबारे सामाजिक सञ्जाल तातिदा आश्चार्य व्यक्त गर्दै सडकमा जुलुसका कारण बाटो बिच बाटोमै रोकेर जानु परेको प्रष्ट पारेका थिए ।
नेकपाका केन्द्रिय सदस्य तथा प्रचार विभाग उपप्रमुख समेत रहेका थापाले पार्टी उपाध्यक्षविरुद्धको यस्तो शैली सामाजिक सञ्जालमा आलोचित भएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend