
मङ्सिर २१ काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्य्क्ष वामदेव गौतमलाई चुनावी प्रधानमन्त्रीको अफर आएको छ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले गौतमलाई चुनावी प्रधानमन्त्री बन्न प्रस्ताव गरेको श्रोतको दावी छ। तर वामदेवले भने उक्त प्रस्ताव अस्विकार गरेको र बैठकबाटै निर्णय लिने बताएको वामदेवनिकट एक नेताले सुनौलो नेपाललाई बताए।
अल्पमतमा पर्ने भएपछी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली स्थायी कमिटि बैठकलाई पर धकेल्न प्रयासरत छन्। तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्ष भने जसरी भए पनि बैठक बस्ने र भए सहमतिमा नत्र बहुमतबाट निर्णय लिने रणनीतिमा रहेको छ।
वामदेवलाई फकाएर बैठक धकेल्न ओलीले चुनावी प्रधानमन्त्रीको कार्ड फालेको बुझिएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend