शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

कडा सुरक्षाका बीच नेकपा स्थायी कमिटि बैठक धुम्बाराहीमा सुरु, उपस्थित भएनन ओली

कडा सुरक्षाका बीच नेकपा स्थायी कमिटि बैठक धुम्बाराहीमा सुरु, उपस्थित भएनन ओली

मङ्सिर २१ काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक सुरु भएको छ।  पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बैठक सुरु भएको हो। 

धुम्बाराहीमा कडा सुरक्षाका साथ बैठक सुरु भएको हो। बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली भने उपस्थित छैनन्। 

नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोली बैठक स्थल वरिपरी परिचालन गरिएको छ। 

सुरक्षाकर्मीले तालिम प्राप्त कुकुर तैनाथ गरेका छन् । बम डिटेक्टरसहितको सुरक्षा टोलीले गस्ती गरिरहेको छ। 

बैठकमा अध्यक्षद्वयका प्रस्ताव पेस गर्ने तयारी छ। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend