मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

नेकपा स्थायी कमिटी बैठक सकियो, २८ गते फेरी बस्ने

नेकपा स्थायी कमिटी बैठक सकियो, २८ गते फेरी बस्ने

मङ्सिर २१ काठमाडौं –  पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक सकिएको छ।  २८ गते फेरी बस्ने गरेर आजको बैठक सकिएको हो। 

कडा सुरक्षाका साथ सुरु भएको बैठक झन्डै डेढ घण्टा बसेर सकिएको हो। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको उपस्थितिविनै बसेको बैठकको अध्यक्षता अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए। बैठकमा ओली उपस्थित नभएपनि ओली पक्षका सचिवालय सदस्यहरु भने उपस्थित थिए। 

बैठकमा ओली र प्रचण्डको यसअघिको दुबै प्रस्ताव पेश भएको छ। दुवै प्रस्तावमाथि २८ गतेको बैठकमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। त्यस्तै बैठकले पुष ५ गतेलाई केन्द्रिय समिति बैठकको मिति तय गरेको छ। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend