
मङ्सिर २२ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । बैठक भोलि (मंगलबार) बिहान ११ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन्।
समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको थापाले जनाएका छन्।
पछिल्ला दिनहरुमा राजावादीहरुले देखाएको सक्रियताबारे पनि छलफल हुने बताइएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend