मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

विप्लव समूहले शिक्षक हत्याकाे जिम्मा लियाे

विप्लव समूहले शिक्षक हत्याकाे जिम्मा लियाे

मंसिर २३, विप्लव समूहले माेरङमा भएकाे शिक्षक हत्याकाे जिम्मेवारी लिएकाे छ । मङ्गलबार राति एक विज्ञप्ति जारी गर्दै विप्लव समूहले शिक्षककाे हत्याकाे जिम्मेवारी लिएकाे हाे । मृतक श्रेष्ठले आफ्नाे समूहविरुद्ध विभिन्न गतिविधि गरेकाे, जनमुक्ति सेनाकाे अभियानमा सशस्त्र प्रहरी ल्याएर अपरेशन सञ्चालन गरेकाे र आफ्नाे समूहका कार्यकर्ताका घरघरमा प्रहरी पठाएर आतङ्कित पारेकाे विज्ञप्तिमा भनिएकाे छ ।

पटक–पटक सम्झाउँदा पनि शिक्षक राजेन्द्र श्रेष्ठले आक्रमण गर्न खाेज्दा प्रतिकारकाे रूपमा उनकाे ज्यान गएकाे विज्ञप्तिमा उल्लेख छ । मङ्गलबार बिहान सात बजेको समयमा आएका विप्लव समूहले मिक्लाजुङ १ बर्खेमा रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेका हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend