
काठमाडौं – पोर्चुगलका स्टार क्रिष्टियानो रोनाल्डोले दुई गोल प्रहार गरेपछि च्याम्पियन्स लिगमा युभेन्टसले बार्सिलोनालाई ३-० ले हराएको छ। गएराति भएको खेलमा रोनाल्डोले २ गोल गरेपछि खेल युभेन्टसले सहज रुपमा जितेको हो।
बार्सिलोनाको मैदानमा भएको समूह ‘जी’ को खेलमा युभेन्ट्सले ३-० को जित हात पारेको हो। जसमा रोनाल्डोले दुई गोल गरेका थिए। दुवै गोल रोनाल्डोले पेनाल्टीबाट गरेका हुन्।
युभेन्टसला लागि वेष्टन म्याकेनीले १ गोल हिर्काए।
बार्सिलोनाका लागि अर्जेन्टिनी स्टार लियोनल मेस्सीले धेरै पटक राम्रो प्रयास गरेपनि गोलमा परिणत गर्न सकेनन।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend