
काठमाडौं – एआइजीको दरबन्दी थप्ने सरकारको निर्णय फिर्ता गर्न राज्य व्यवस्था समितिले निर्देशन दिएको छ। आज (बुधबार) बसेको बैठकले यस्तो निर्देशन दिएको हो।
मन्त्रिपरिषदले एक जना एआइजी र ३ जना डिआइजीको दरबन्दी थप गरेको थियो। लगत्तै महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत विश्वराज पोखरेललाई एआइजीमा बढुवा गरेको थियो।
उपप्रधानमन्त्री इश्वर पोखरेलले गृह मन्त्रालयमा हस्तक्षेप गरि विश्वराजलाई भावी आइजीपी बनाउन दरबन्दी थपेको भन्दै आलोचना भएको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend