
काठमाडौं – पुर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कमानसिंह लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर र मार्मिक भएको बताएका छन्।
पुर्वसांसद तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता कमानसिंह लामा र प्रवक्ता नारायणकाजी श्रेष्ठवीच लेनदेनको अडियो भिडियो सार्वजनिक भएपछी बाबुरामको यस्तो प्रतिक्रिया आएको हो। उक्त भिडियो तथा अडियो क्लिपमा दुई करोड रुपैयाँ लेनदेनको विषय रहेको छ ।
यसलाई इङ्गित गर्दै भट्टराईले सामाजिक सञ्जालमार्फत नैतिक पतनको प्रश्न देशको शीर्षनेतृत्वमा रहने जुनसुकै व्यक्तिका निम्ति क्षम्य हुन नसक्ने धारणा राखेका हुन्। “भनिन्छ-मृत्युशैय्यामा रहेको मान्छेले झुटो बोल्दैन, उनले लेखेका छन्, मृत्युशैय्याबाट कमानसिंह लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर र मार्मिक छन्, जतिसुकै तर्क/कुतर्क गरेपनि नैतिक पतनको प्रश्न देशको शीर्षनेतृत्वमा रहने जुनसुकै व्यक्तिकानिम्ति क्षम्य हुनसक्दैन।चेतना भया!”
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend