
काठमाडौं – कोरोनाविरुद्धको खोप ल्याउनेबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा छलफल भएको छ। उपप्रधानमन्त्री तथा सीसीएमसीका निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले कोरोना भाइरसको खोप ल्याउने विषयमा मन्त्रीहरुसँग छलफल गरेका हुन् ।
शुक्रवार भएको छलफलमा कोभिड– १९ विरुद्धको खोप नेपालमा कसरी ल्याउने र कसरी वितरण गर्ने भन्नेबारे छलफल भएको हो ।
बैठकले कोभिड–१९ भाइरस नियन्त्रण सम्बन्धी कार्यको बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यका साथ प्रकाशन गर्ने निर्णय पनि गरेको छ । सीमा विन्दुमा हेल्थ डेस्क स्थापना गर्ने गरी उपचारका निम्ति चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आवश्यकता अनुसार करार सेवामा नियुक्त गर्ने बारेमा पनि बैठकमा छलफल भएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend