बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

समितिको निर्देशनविपरित विश्वराज पोखरेललाई एआईजी बनाएपछि सभापतिको यस्तो प्रतिक्रिया

समितिको निर्देशनविपरित विश्वराज पोखरेललाई एआईजी बनाएपछि सभापतिको यस्तो प्रतिक्रिया

काठमाडौं – प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेठले समितिले दिएको निर्देशक सरकारले पालना गर्नैपर्ने बताएकी छन् । 

समितिले दिएको निर्देशन विपरित सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेपछि समिति सभापतिले यस्तो बताएकी हुन् । 

शुक्रबार उनले जनताप्रति उत्तरदायी हुन पनि सरकारले समितिका निदेशनहरु पालना गर्नुपर्ने बताएकी हुन् । समितिले निर्देशन दिएपछि सरकारले आफ्ना भनाई राख्नुपर्ने भए समितिमा नै राखेर स्पष्ट पारी कार्यान्वयनमा जानुपर्ने उनको भनाई छ । 

समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न गत बुधबार निर्देशन दिएको थियो । गृहमन्त्री थापालाई निर्देशन दिएको भएपनि सरकारले बिहीबार प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । 

समितिको बैठकमा अधिकांश सांसदहरुले गलत विधिबाट निर्णय भएको भन्दै खारेज गर्न निर्देशन दिनुपर्ने बताएपछि कार्यान्वन गर्न समितिले निर्देशन दिएको थियो ।

 

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend