
काठमाडौं- उखु किसानहरू फेरि आन्दोलनमा उत्रिएका छन्। आफ्नो बक्यौता रकम नपाएको भन्दै सर्लाहीबाट काठमाडौं आएर उखु किसानहरुले माइतिघरमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा किसानहरुले “सरकार किसानलाई बाँच्न देउ”, “किसान मार्न पाइँदैन”, “श्रम र पसिनाको मूल्य पाउँ”, लगायतका नारा समावेश गरिएका प्लेकार्ड बोकेका थिए।
संगै उनीहरुले २०७६ पौष १८ गतेको सम्झौता लागु गर्न सरकारसंग माग गरेका छन्।
यसभन्दा एकबर्ष अघि उखु किसानहरूले माइतीघरमै बाँकी रकम भुक्तान गर्न भन्दै आन्दोलन गरेका थिए। तर लामो समयसम्म पनि रकम फिर्ता नपाएपछि उनीहरु बाध्य भएर काठमाडौं आएको बताएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend