
काठमाडौं- प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई कम नआँक्न चेतावनी दिएका छन्।
हेटौडामा सरकारविरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै शर्माले कम्युनिष्ट पार्टीहरुले जसरी विद्यालयका शिक्षकलाई अपहरण गरेर हत्या गर्ने पार्टी नभएर आकाशमा उड्ने प्लेनलाई अपहरण गरेको पार्टी भएकाले कम नआँक्न चेतावनी दिएका हुन् ।
शर्माले केपी ओली नेतृत्वको वर्तमान सरकारले कात्रोमा समेत भ्रष्टाचार गरेको आरोप लगाए।
प्रवक्ता शर्माले कम्युनिष्ट सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी शैली अपनाएको भन्दै कम्युनिष्ट शासनमा जनताले दुख र पिडा मात्र पाएको बताए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend