
काठमाडौं – मन्त्रिपरिषद बैठक जारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक चलिरहेको छ।
सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि आजको लागि तय गरिएको संवैधानिक परिषदको बैठक स्थगित भएसंगै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन्।
सभामुख सापकोटा उपस्थित नभएपछि संवैधानिक परिषदको बैठक आजै ५ बजे बस्ने गरि स्थगित भएको हो। गणपुरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो।
प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना भने बैठकका लागि बालुवाटार पुगेका थिए।
प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेता गरी ६ जना रहने परिषदमा कम्तीमा पाँचजना उपस्थित हुनैपर्ने प्रावधान छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend