मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

विश्वप्रकाशको प्रश्न: उखु किसानको भोट चिन्ने अनुहार नचिन्ने ?

विश्वप्रकाशको प्रश्न: उखु किसानको भोट चिन्ने अनुहार नचिन्ने ?

काठमाडौं –  प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले किसानको भोट चिन्ने तर अनुहार नचिन्ने भन्दै  प्रश्न गरेका छन्।  उखु किसानहरु आफुले बिक्रि गरेको उखुको बक्यौता रकम पाउनुपर्ने भन्दै आन्दोलनका लागि काठमाडौं आएका बेला प्रवक्ता शर्माले उनीहरुको माग पुरा गर्न सरकारसंग माग गरेका छन्। 

सामाजिक सञ्जाल ट्वीटरमार्फत शर्माले चिनी मिल सञ्चालकले किसानको मुल्य तिर्न ढिलाइ गर्दा सरकारले चासो नदिनु दुखद भएको बताएका हुन्।  

प्रवक्ता शर्माले श्रमको मूल्य खोज्दै आन्दोलनमा उत्रिएका उखु किसानहरुप्रति जिम्मेवार मन्त्रीको `उखु किसान नै होइनन् यिनिहरु´ भन्ने जस्तो  बोली के सरकारकै धारणा हो भन्दै प्रश्न गरेका छन्। 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend