
काठमाडौं –
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्राचीन तथा वैदिक सभ्यता र ज्ञानभूमि नेपालको भौगोलिक तथा सांस्कृतिक विविधता र ज्ञानको भण्डारको संरक्षण गर्नु अहिलेको पुस्ताको कर्तव्य भएको बताएका छन्।
नेपाल प्रज्ञा-प्रतिष्ठानको ३५ औँ प्राज्ञसभालाई मंगलबार भर्चुअल सम्बोधन गर्दै उनले कोभिड–१९ ले विविध क्षेत्रमा पारेको नकारात्मक प्रभावका बीच समस्याभित्रबाट समाधानको उपाय खोज गर्नु प्राज्ञिक क्षेत्रको दायित्व भएको बताएका हुन्।
प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अपेक्षा पूरा गराउने क्रममा हरेक क्षेत्रको भूमिका हुने भएकाले मानवीय अन्तरप्रज्ञालाई जागृत गर्दै त्यसमा मानव समाजलाई सार्थकरुपमा हिंडाउनु प्राज्ञिक निकायको दायित्व भएको पनि बताए।
तपोभूमि र अमूल्य वरदानयुक्त नेपालका पाखा र खोचमा अनेक महाकाव्य लुकेर बसेका तथा कैयौँ आविष्कार गर्भमा रहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाल र नेपाललाई चिनाउने आधिकारिक र प्रामाणिक ग्रन्थ ‘नेपाल दर्पण’ प्रकाशनको योजना आरम्भले आफूलाई हर्षित तुल्याएको बताए ।
उनले महाकवि लक्ष्मीप्रसाद देवकोटा राष्ट्रिय सङ्ग्रहालय निर्माणको प्रक्रिया सुरु हुनाले अग्रजको सम्मानको प्राज्ञिक थालनी भएको र यस्ता काममा सरकारको सहयोग निरन्तर रहने जानकारी दिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend