
काठमाडौं – प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेर बहादुर देउबा संवैधानिक परिषदको बैठकमा उपस्थित नहुने भएका छन्। संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी भएपछी देउबा बैठकमा नजाने भएका हुन्।
बैठक बेलुका ५ बजेलाई बोलाइएको छ। बिहान बोलाइको बैठकमा देउवा सहभागी भएका थिए।
संविधानको मूल्य मान्यता र भावनाविपरित अध्यादेश जारी गरिएको भन्दै कांग्रेसले असहमति व्यक्त गरेको छ।
मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेकी हुन्।
नयाँ अध्यादेश अनुसार संवैधानिक परिषदका बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्नेछ ।
प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेता गरी ६ जना रहने परिषदमा यसअघि पाँच जना उपस्थित नभए गणपुरक संख्या नपुग्ने र त्यसले कुनै निर्णय गर्न नसक्ने व्यवस्था थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend