
काठमाडौं – पुर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीविरुद्ध महाअभियोग लगाउनुपर्ने बताएका छन्।
भट्टराईले सामाजिक सञ्जालमार्फत संविधान र लोकतन्त्रको हुर्मत लिने प्रधानमन्त्री ओलीलाई महाअभियोग लगाउनुपर्ने बताएका हुन्।
‘महाभारतका दुर्योधनहरूले द्रौपदीको चीरहरण गरिरहँदा भीष्महरू मौन बसेझैं ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहँदा सत्तापक्षभित्रका र विपक्षका नेताहरू बैठक/वक्तव्यबाजी/गनगन गरेर मात्र बस्ने हो कि बेलैमा प्रम र राप्रपाका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेशन र महाभियोगतर्फ लाग्ने हो ?,’ पूर्वप्रधानमन्त्री डा. भट्टराईले ट्विटरमा लेखेका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend