
काठमाडौं – सरकारले मंगलबार जारी गरेको संवैधानिक परिषद्सम्बन्धि अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
अध्यादेश खारेज हुनुपर्ने मागसहित अधिवक्ता ओमप्रकाश अर्यालले बुधबार रिट दायर गरेका हुन्।
सरकारले संवैधानिक परिषद्मा ३ जना मात्रै उपस्थित भए पनि बैठक बस्न सक्ने र ३ जनाको सहमतिमा निर्णय गर्न सक्ने गरि अध्यादेश जारी गरेको हो।
अध्यादेशको व्यवस्थाअनुसार अब सभामुख र प्रमुख प्रतिपक्षि दलको नेता अनुपस्थित भए पनि बैठक बस्नेछ भने तीन जनाको सहमति भएमा निर्णय हुनेछ ।
सरकारको उक्त निर्णयको पार्टी भित्रबाटै पनि आलोचना भएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend