
पुस १ काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक बालुवाटारमा दिउसो १ बजेको लागि आयोजना गरिएको छ । प्रधानमन्त्री ओलीले हिजो मात्रै संबैधानिक परिषद सम्बन्धि अध्यदेश ल्याएपछि नेकपामा भित्रको बिबाद झन् चर्किरहेको छ त्यसै सन्दर्भमा कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री ओलीले पार्टी स्थायी कमिटि बैठक चलिरहेको सन्दर्भमा पार्टीका शिर्ष नेताहरु समन्वय नगरी अध्यादेश ल्याएपछि एक्लिएका प्रधानमन्त्री ओलीले बुधबार बिहान प्रचण्डलाई फोन गरि दुई अध्यक्षबीच सहमति गरेर जान आग्रह गरेपछि स्थायी कमिटि बैठक बस्नु अघि प्रधानमन्त्री ओली प्रचण्ड बीच भेट सम्भब भएको हो ।
बालुवाटारमै दिउँसो १ बजे स्थायी कमिटी बैठक बस्ने तयारी भइरहँदा दाहाल ओलीलाई भेट्न खुमलटारबाट बालुवाटार पुगेका हुन्। ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि क्रुद्ध बनेका दाहालले मंगलबारै तत्काल फिर्ता लिन भनेका थिए।संवैधानिक परिषदका सदस्य तथा सभामखु अग्नि सापकोटा बैठकमा नगएर गणपूरक संख्या पुग्न नसकेको अवस्थामा ओलीले मंगलबारको मन्त्रिपरिषदबाट सिफारिस गराएर राष्ट्रपतिबाट अध्यादेश जारी गराएका थिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend