
काठमाडौं – प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभा सांसद गगनकुमार थापाले सरकारलाई संवैधानिक परिषदसम्बन्धि अध्यादेश संसद र सडकबाट फिर्ता गर्न बाध्य पार्नुपर्ने बताएका छन्। बुधबार ट्वीट गर्दै थापाले यस्तो बताएका हुन्।
सांसद थापाले पार्टी संसद अधिवेशनका लागि आजै निवेदन दिन र उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प पार्न पार्टी सभापति शेर बहादुर देउबालाई आग्रह गरेका छन्।
थापाले उपसभामुख बिनाको संवैधानिक परिषद बैठक अस्वीकार गर्नुपर्ने बताएका छन्। आफुले यी कुराहरुमा पार्टीका शिर्ष नेताहरुलाई पहिले पनि जानकारी गराएपनि मनन नगर्दा आजको परिस्थिति आएको भन्दै गुनासो गरेका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend