
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकलज्जाको ख्याल राख्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्।
बिहिबार फेसबुकमा स्टाटस लेख्दै थापाले राजतन्त्रका पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउन ओली प्रचण्डलाई आग्रह गरेका हुन्।
उनले लेखेका छन् ‘अब अतिभो,गाईजात्रा बन्द गर्नुहोस् । हामी जस्ता राजसंस्थसहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउनु होस् । हिजो हिमालय पर्वत जस्तो भिमकाय तपाईंहरूको व्यक्तित्व खिया परेर अहिले धुलिसात भइसक्यो। कमसेकम लोकलज्जाको त ख्याल राख्नोस् ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend